१ सयभन्दा बढी मूल्यका सामानमा भन्सार उठाउने निर्णय सर्वोच्चद्वारा तत्काल रोक

 

काठमाडौं । सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रमा १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लिने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू हरिप्रसाद फुयालटेकप्रसाद ढुंगाना को संयुक्त इजलासले उक्त व्यवस्था अव्यावहारिक रहेको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

अदालतको आदेशसँगै सीमापारिबाट ल्याइने तरकारी, औषधि, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामग्रीमा तत्कालका लागि भन्सार रोकावट हटेको छ ।

यसअघि अर्थ मन्त्रालयले १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा अनिवार्य भन्सार लाग्ने व्यवस्था लागू गरेपछि तराई–मधेशका विभिन्न सीमानाकामा कडाइ गरिएको थियो ।

#सर्वोच्चअदालत #भन्सार #सीमानाका #अर्थमन्त्रालय #नेपालसमाचार #भन्सारकर #तराईमधेश #BreakingNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages