चीनद्वारा पाँचवटा उपग्रहसहित ’लिजियान–१ वाई १३’ रकेटको सफल प्रक्षेपण

 

चीनले शुक्रवार ‘लिजियान–१ वाई १३’ क्यारियर रकेटमार्फत पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । उत्तर–पश्चिम चीनको डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट बेइजिङ समयअनुसार दिउँसो १२ः३३ बजे उक्त रकेट प्रक्षेपण गरिएको थियो ।

रकेटले बोकेका पाँचवटै उपग्रहहरूलाई सफलतापूर्वक तिनको निर्धारित कक्षमा स्थापित गरेको छ । यो लिजियान–१ क्यारियर रकेटको १३ औँ उडान र समग्र लिजियान श्रृंखलाको १४ औँ प्रक्षेपण हो । हालसम्म यस श्रृंखलाका रकेटहरूले कुल १८ टनभन्दा बढी तौलका १०० वटा उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पु¥याइसकेका छन् ।

‘सीएएस स्पेस’ द्वारा विकसित लिजियान–१ एक ठोस–इन्धनयुक्त क्यारियर रकेट हो । द्रुत प्रतिक्रिया क्षमता भएको यस रकेटलाई युनिभर्सल प्लेटफर्ममा आधारित रहेर डिजाइन गरिएको छ, जसले गर्दा रकेट बडी र उपग्रह मिसनहरूबीच सहज समन्वय सम्भव हुने कम्पनीले जनाएको छ ।

यस मिसनअन्तर्गत प्रक्षेपण गरिएको ‘तियानयान–२७’ उपग्रहमा स्पेस डिस्प्ले स्क्रिन, निगरानी क्यामेरा, इन्फ्रारेड क्यामेरा र अनबोर्ड इन्टेलिजेन्ट प्रोसेसिङ पेलोड जडान गरिएको छ । यस उपग्रहले नयाँ इन्फ्रारेड रिमोट सेन्सिङ प्रविधिको इन–अर्बिट प्रमाणीकरण गर्नुका साथै अन्तरिक्षबाट सेल्फी खिच्ने र बौद्धिक तथ्याङ्क प्रशोधन गर्ने जस्ता कार्यहरू गर्नेछ ।

सीएएस स्पेसका अनुसार कम्पनीले आगामी दिनमा रकेटको पुनः प्रयोग मोड्युलर डिजाइनको स्तरोन्नति र रकेटको स्वास्थ्य अनुगमन जस्ता मुख्य क्षेत्रहरूमा थप अनुसन्धान र विकास कार्यलाई निरन्तरता दिनेछ ।

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु