‘सहमति हुन बाँकी रहेका विषय यही महिनाको अन्तिमसम्ममा टुंगो लाग्छ,’ उनले भने-‘सहमतिपछि शान्ति र संविधानको अन्तिम खाका आउनेछ ।’
सिन्धुलीमाडी शुक्रबार सत्रौं जिल्ला परिषदको उदघाटन गर्दै भट्टराइले पार्टी/ पार्टीबीचको विवाद, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुलाइ व्यवस्थापन गरेर शान्ति र संविधान निर्माण जस्तो चुनौतीपूर्ण कार्यलाइ यहाँसम्म ल्याइपुर्याउनु सरकारको उपलव्धि भएको जिकिर गरे ।
दरवरियाको आडमा जहाँनियाहरु शान्ति र संविधान भाँड्न लागि रहेकाले त्यस्तालाइ सरकारले छुट नदिने उनको कथन थियो ।
शान्ति, संविधान, सुशासन र समृद्धिलाइ ध्यानमा राखेर सरकारले काम गरेको भएपनि पछिल्लो समयमा जनताको चाहना बमोजिम काम हुन नसकेका उनको स्विकारोक्ति थियो ।
राजनीतिक दलको नेताको आडमा भ्रष्टाचार गर्नेलाइ सरकारले कदापी नछाड्ने भन्दै उनले पछिल्लो समयमा त्यस्ता भ्रष्टचारी एक, एक गर्दै पक्राउ परिरहेको बताए । भ्रष्टाचारलाई क्यान्सरको संज्ञा दिंदै प्रधानमन्त्री भट्टराइले त्यसलाइ शुन्यमा झार्ने दृढता व्यक्त गरे ।
हेलिकप्टरबाट आएका प्रधानमन्त्रीले सिन्धुलीमाडी करिब एकघण्टा बिताएका थिए । परिषद उद्घाटन कार्यक्रममा सबै विषयलाइ समेटेर बोलेका प्रधानमन्त्री भट्टराइले आन्दोलित शिक्षकहरुलाइ शिक्षा ऐन २०२८ संशोधधन सहितको विधेयक सरकारले संसदमा पठाइसकेकाले पास हुने बित्तिक्कै सबै समस्या समाधान हुने जनाए ।
भट्टराइले रणनीतिक महत्वका योजनालाइ सरकारले प्राथमिकता दिएको खुलाए ।



