घोराहीको भानु चोकमा बिहीबार राति ११ बजे शरीर खानतलासी गर्दा उनको झोलामा बिस्फोटक पदार्थ पक्राउ परेको हो । उनले बोकेको बिस्फोटक पदार्थ निकै शक्तीशाली बम बनाउन प्रयोग हुने जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर ऐरले बताए । २०५४ सालदेखि माओवादीमा लागेका घर्ती पार्टीमा तुफानका नामले परिचित छन् । उनी गुल्मीमा कार्यरत थिए । गुल्मीबाट रोल्पा र्फकने क्रममा उनी पक्राउ परेका हुन् ।
उनले द्वन्द्वकालमा स्टोर गरी राखिएका बिस्फोटक पदार्थ घर लैजान बोकेको बताएका छन् । घर्तीबिरुद्ध बिस्फोटक पदार्थ ऐन २०१८ अनुसार मुद्दा चलाइने जिल्ला प्रहरीका डिएसपी विपिन कुमार कर्माचार्यले बताए ।



