पाँच वर्षपछि पुनः सुरु भयो अर्घाखाँची–काठमाडौं दिवा सेवा, ‘मन्त्र एसी बस’ आजदेखि नियमित सञ्चालनमा (तस्बिर सहित )

 

पाँच वर्षपछि पुनः सुरु भयो अर्घाखाँची–काठमाडौं दिवा सेवा, ‘मन्त्र एसी बस’ आजदेखि नियमित सञ्चालनमा
अर्घाखाँची डटकम संवाददाता

अर्घाखाँची ।अर्घाखाँची जिल्लाबाट काठमाडौंसम्म सञ्चालन हुँदै आएको दिवा (डाक) सेवा करिब पाँच वर्षपछि पुनः नियमित रूपमा सञ्चालनमा आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा सञ्चालित सुविधा सम्पन्न “मन्त्र एसी बस” आज जेठ ३ गते आइतबारदेखि सन्धिखर्क–काठमाडौं दैनिक दिवा सेवामा सञ्चालनमा आएको हो ।

May be an image of text

पश्चिम नेपालबाट चार वटा सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याइएको जनाइएको छ । प्राप्त जानकारीअनुसार सन्धिखर्कबाट बिहान ५:१५ बजे तथा काठमाडौंबाट बिहान ५:४० बजे नियमित रूपमा बस छुट्ने तालिका तय गरिएको छ ।

लामो समयदेखि अर्घाखाँची जिल्लामा यातायात क्षेत्रमा सक्रिय रहँदै आएका व्यवसायीहरूले ग्रामीण भेगका यात्रुहरूलाई सहज, सुरक्षित र स्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ आधुनिक एसी बस सञ्चालनमा ल्याएका हुन् ।

May be an image of tram and text

नियमित रूपमा सन्धिखर्क बसपार्कबाट छुट्ने उक्त बसले सन्धिखर्क हुँदै पथरकोट, गोरुसिङ्गे, बुटवल लगायतका स्थानका यात्रुहरूलाई काठमाडौंसम्म सहज यात्रा सेवा दिने जनाएको छ । त्यस्तै काठमाडौंबाट पनि दैनिक रूपमा अर्घाखाँचीका लागि सेवा सञ्चालन हुने जानकारी दिइएको छ ।

यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै आरामदायी सिट, समयमै सेवा, अनुभवी चालक–सहचालक तथा आधुनिक प्रविधिसहितको सेवा उपलब्ध गराइएको व्यवसायीले बताएका छन् । पछिल्लो समय अर्घाखाँचीबाट काठमाडौं आवतजावत गर्ने यात्रुहरूले स्तरीय दिवा सेवाको माग गर्दै आएका बेला “मन्त्र एसी बस” सञ्चालनमा आउनु सकारात्मक रूपमा हेरिएको छ ।

May be an image of tram and text

स्थानीय यात्रुहरूले पनि नयाँ सेवा सञ्चालनसँगै अब बिहानै सन्धिखर्कबाट सहज रूपमा काठमाडौं पुग्न सकिने विश्वास व्यक्त गरेका छन् । विशेषगरी विद्यार्थी, कर्मचारी, उपचारका लागि यात्रा गर्ने बिरामी तथा दैनिक यात्रुहरूलाई यस सेवाले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

May be an image of tram and text

बस सेवा सञ्चालनका लागि अर्घाखाँची बसपार्कमा नयाँ एसी बसहरू आइपुगेका छन् । टिकट अनलाइन माध्यम, मन्त्र शुभ बिहानी सेवा तथा पश्चिम नेपाल बस व्यवसायी प्रालिको टिकट काउन्टरबाट उपलब्ध हुने जनाइएको छ ।

सम्पर्क नम्बर :
☎️ ९८५७०८९६९१
☎️ ९८५७०८९६९२
☎️ ९८५७०८९६९३
☎️ ९८५७०८९६९४

#मन्त्रएसीबस #सन्धिखर्ककाठमाडौं #दिवासेवा #पश्चिमनेपालबस #अर्घाखाँची #काठमाडौंयात्रा #बससेवा #Sandhikharka #Kathmandu #ArghakhanchiNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages