नविल बैंकले ‘एनबैंक’अब डिजिटल लगानी सेवा पनि उपलब्ध

काठमाडौं, ०३ जेठ । डिजिटल बैंकिङलाई लगानी सेवासँग जोड्दै नविल बैंकले आफ्नो ‘एनबैंक’ एपमार्फत नयाँ सुविधा सञ्चालनमा ल्याएको छ। अब बैंकका ग्राहकले मोबाइल एपबाटै ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी) मा दर्ता हुनेदेखि किस्ता भुक्तानीसम्मका सेवा सहज रूपमा लिन सक्ने भएका छन्।

बैंकका अनुसार लगानी सेवालाई सुरक्षित, सरल र पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यले यो सुविधा विस्तार गरिएको हो। वैशाख ३१ गते नविल इन्भेष्टमेन्ट बैंकिङ सँग भएको समझदारीपछि सेवा औपचारिक रूपमा सुरू गरिएको जनाएको छ। सम्झौतापत्रमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।

अब एनबैंक प्रयोगकर्ताले एपको होमपेजमा रहेको ‘इन्भेस्टमेन्ट, एसआईपी, टीएमएस’ आइकनमार्फत सजिलै लगानी योजना छनोट, दर्ता तथा भुक्तानी गर्न सक्नेछन्। बैंकले यो सेवा प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने स्पष्ट पारेको छ।

बैंकका नायब प्रमुख बजगाईंले डिजिटल माध्यमबाट लगानी पहुँच विस्तार गर्ने लक्ष्यसहित सेवा थपिएको बताए। उनका अनुसार विदेशमा रहेका नेपालीले समेत अब नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागिता जनाउन सक्नेछन्।

नबिल बैंकले हाल देशभर २६६ शाखा र ३१८ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

 

 

Nepal life insuranceimagesimagesimages