३३ औँ मदन–आश्रित स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

स्मृति दिवसको अवसरमा काठमाडौंको मदननगर बल्खुमा विशेष स्मृति सभा तथा गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठी आयोजना गरिएको छ । साथै देशका विभिन्न जिल्लामा मदन–आश्रितको योगदानबारे चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । एमालेले मदन भण्डारीलाई “जनताको बहुदलीय जनवाद” का प्रणेताका रूपमा सम्मान गर्दै आएको छ ।

दिवसको अवसरमा एमालेका नेता–कार्यकर्ताले मदन–आश्रितले अघि सारेको राजनीतिक विचार, लोकतान्त्रिक आन्दोलन र पार्टी संगठन निर्माणमा पुर्‍याएको योगदानको स्मरण गरेका छन् ।

#मदनआश्रितस्मृतिदिवस #मदनभण्डारी #जीवराजआश्रित #नेकपाएमाले #जनताकोबहुदलीयजनवाद #स्मृतिदिवस #नेपालराजनीति #एमाले #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages