२० फागुन, चितवन । माओवादी लडाकुको चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनका दुई जना कमाण्डर अवैध काठसहित गएराति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बटालियन कमाण्डर भीमबहादुर केसी र कम्पनी कमाण्डर लक्ष्मण धामी रहेका छन् । उनीहरुलाई बा ००१ अ ५५ नम्बरको गाडीमा राखेर रत्ननगरको टाँटीतर्फ काठ बेच्न लग्दै गरेको अवस्थामा स्थानीय उदयपुर सामुदायिक वनका कर्मचारीले रंगेहात पक्राउ गरेका हुन् । उनीहरुका साथबाट तीन गोलिया काठ बरामद भएको जिल्ला वन कार्यालय चितवनले जनाएको छ ।



