
मन भरी सितलाहर छर्केर न जानु
डोली न चडाए पनि भगाई लान्छु सानी

सुन होइन सिन्दुरले सजाई लाल्न्छु नानी

मैले आकास बिछ्याउने छु तिमि आउने बाटोबारी
तारा टिपी बीचैबाट फर्केर न जानु

युगौं युगको साईनो गासि मुटु जोड्न आउनु प्रिया
जिन्दगीको तिर्सना वानी तर्केर न जानु

तिमि आए उजाड पनि बहार बन्छ यहाँ
कतै तिमि उजाड हेरी फर्केर न जानु
सागरमै सजाउने धोको छ म तिमीलाई

खाहरेमै रुवाएर तर्केर न जानु
माया मारयो निस्ठुरीले भन्ने मनमा न सोच्नु है
सारा दुनियाको बिचमा आघि लगाई लान्छु सानी

मेरो भर परि बसे दायाँ बायाँ न सोचेर
रात्रिको प्रहरमा भगाई लान्छु सानी




