प्रियसी इन्दु

– डि आर जी सुमन

मैदान ५ अर्घाखाँची

 

टाढै बाट कतै तिमि तर्केर न जानु

मन भरी सितलाहर छर्केर न जानु
डोली न चडाए पनि भगाई लान्छु सानी


सुन होइन सिन्दुरले सजाई लाल्न्छु नानी


 


मैले आकास बिछ्याउने छु तिमि आउने बाटोबारी


तारा टिपी बीचैबाट फर्केर न जानु


युगौं युगको साईनो गासि मुटु जोड्न आउनु प्रिया


जिन्दगीको तिर्सना वानी तर्केर न जानु


 


तिमि आए उजाड पनि बहार बन्छ  यहाँ


कतै तिमि उजाड हेरी फर्केर न जानु


सागरमै सजाउने धोको छ म  तिमीलाई


खाहरेमै रुवाएर तर्केर न जानु


 


माया मारयो निस्ठुरीले भन्ने मनमा न सोच्नु है


सारा दुनियाको बिचमा आघि लगाई लान्छु सानी


मेरो भर परि बसे दायाँ बायाँ न सोचेर


रात्रिको प्रहरमा भगाई लान्छु सानी