भारतसँगको भविश्यको सम्बन्ध गंगा जल बाँडफाँड सम्झौतामा निर्भर हुनेछः बंगलादेश

 

ढाका, ४ जेठ । बंगलादेशको सत्तारुढ दल बीएनपीले भारतसँगको भविश्यको सम्बन्ध गंगा नदीको पानी बाँडफाँड सम्झौतामा निर्भर रहेको बताएको छ।  सो पार्टीका महासचिव तथा ग्रामीण विकास मन्त्री मिर्जा फखरुल इस्लाम आलमगीरले नयाँ सन्धिका लागि चाँडो वार्ता गर्न आह्वानसमेत गरेका छन्।

भारत र बंगलादेशबीच १९९६ मा भएको गंगा नदीको पानी बाँडफाँड सम्झौता यस वर्षको डिसेम्बरमा समाप्त हुँदैछ।

ढाकामा आयोजित एक कार्यक्रममा बोल्दै आलमगीरले भने कि बंगलादेशले भारतलाई स्पष्ट सन्देश पठाउन चाहन्छ कि नयाँ सन्धि बंगलादेशी जनताको आवश्यकता र हित अनुरूप हुनु पर्छ र पानीको न्यायोचित बितरण हुनु पर्छ ।

आलमगीरले नयाँ सम्झौता नभए सम्म हालको सन्धि जारी रहनुपर्नेमा समेत जोड दिएका छन् ।  उनले भविष्यका पानी सम्झौताहरू निश्चित समयसीमामा सीमित नहुने पनि तर्क गरेका छन् । बंगलादेशमा पद्मा भनेर चिनिने गंगा नदी कृषि, जैविक विविधता र पानी आपूर्तिको लागि महत्त्वपूर्ण मानिन्छ।

बंगलादेशले पद्मा नदीमा नयाँ बाँध निर्माण गर्ने एउटा मेगा परियोजनालाई अनुमोदन गरेको बेला यो वक्तव्य आएको हो। ढाकाले फरक्का बाँधको प्रभावलाई कम गर्न यो परियोजनाको उद्देश्य रहेको बताएको छ।

अर्कोतर्फ, भारतले स्थापित द्विपक्षीय संयन्त्रमार्फत पानी सम्बन्धी सबै मुद्दाहरूमा दुई देशहरूबीच नियमित वार्ता भइरहेको बताएको छ।

 

Nepal life insuranceimagesimagesimages