चेन्नई पराजित भएसँगै सनराइजर्स र गुजरात आइपिएलको प्लेअफमा

 

 

काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ५ विकेटले पराजित गरेको थियो । चेन्नईले दिएको १८१ रनको लक्ष्य पछाएको सनराइजर्सले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

सनराइजर्सको जितमा इशान किशनले ७० रन बनाएका थिए भने हेइनरिच क्लासेनले ४७ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले डेवाल्ड ब्रेभिसको ४४, कार्तिक शर्माको ३२, संजु सामसनको २७ रनको सहयोगमा २० ओभरमा ७ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

सनराइजर्सको यो जितले प्लेअफमा तीन टिमको टुंगो लागेको छ । जसमा रोयल च्यालेन्जर्स बैंगलुरु यसअघि नै प्लेअफमा पुगेको थियो भने गुजरात टाइटन्स र सनराइजर्स प्लेअफमा पुगेका हुन् ।

यो हारले चेन्नईको प्लेअफको यात्रा मुश्किल देखिएको छ । चेन्नईको १३ खेलमा १२ अंक रहेको छ र अब अन्तिम खेल विहिबार गुजरात टाइटन्ससँग खेल्ने तालिका छ ।

जारी आइपिएलमा आज भने राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ ।

 

 

Nepal life insuranceimagesimagesimages