सांसद जगदीश खरेल भन्छन्- भगवानको रक्षा गर्नुपर्ने बेला आयो !

 

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै भगवान बचाउनुपर्ने समय आएको बताएका छन् ।

Nepal life insurance

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खरेलले सम्पदा र सभ्यताको धनी सहर ललितपुरमा अहिले भगवानको रक्षा गर्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताएका हुन् ।

सांसद खरेलले आफ्नो नगरमा प्राचीन मूर्ति र ऐतिहासिक हिटीहरू हराइरहेको र सम्पदा क्षेत्रमा अतिक्रमण बढिरहेको उल्लेख गर्दै भने-  ‘भनिन्छ, भगवानले हाम्रो रक्षा गर्छन्, तर मेरो नगरमा अब भगवानको रक्षा गरिदिनुस् भन्नुपर्ने बेला आएको छ । मूर्तिहरू चोरी भएका छन्, हिटीहरू हराएका छन्। कतिपय ठाउँमा उत्खनन गर्नुपर्ने आवश्यकता छ भने कतै अतिक्रमणले बढेको छ ।

 

 

Nepal life insuranceimagesimagesimages