एसइईपछि उच्च शिक्षाको सपना देख्ने विद्यार्थीलाई एनसेलको साथ, १०० जनाले पाउने छात्रवृत्ति

 

 

काठमाडौं, ०५ जेठ ।माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गरेपछि आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई लक्षित गर्दै एनसेल फाउन्डेसनले यस वर्ष पनि ‘एनसेल एसइई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ। प्रोजेक्ट शिक्षासँगको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रममार्फत देशभरका १०० जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको हो।

शिक्षामार्फत युवा सशक्तीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत सातै प्रदेशमा लिखित परीक्षा र अन्तर्वार्तामार्फत विद्यार्थी छनोट गरिने जनाइएको छ। छात्रवृत्तिमा विशेषगरी प्रतिभावान तर आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिइनेछ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले अध्ययन अवधिभर आर्थिक सहयोग मात्र होइन, एनसेलबाट १२ महिनासम्म निःशुल्क डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि पाउनेछन्। यसले उनीहरूलाई अध्ययन र अवसरसँग निरन्तर जोडिन सहयोग पुग्ने विश्वास गरिएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का ले शिक्षा भविष्य निर्माणको आधार भएकाले भौगोलिक अवस्था र आर्थिक कठिनाइका कारण कुनै पनि विद्यार्थीको सपना रोकिन नहुने बताइन्।

सन् २०१७ देखि सञ्चालनमा रहेको यस कार्यक्रममार्फत हरेक वर्ष सयौं विद्यार्थीले उच्च शिक्षाको अवसर पाइरहेका छन्। गत वर्ष पनि ५० जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए भने यस वर्ष हन्ड्रेड ग्रुपद्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले थप ५० जना विद्यार्थीलाई सहयोग गर्ने जनाएको छ।

 

 

Nepal life insuranceimagesimagesimages