माओवादी सचिवसमेत रहेका मन्त्री बोगटीले सोमबार बिहान सोलुखुम्बुमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी सेना समायोजन अरु अवस्था भन्दा बिशिष्ट भएकाले मापदण्ड भन्दा पनि राजनैतिक निर्णयका आधारमा समायोजन गरिनु पर्ने जिकिर गरे ।
बोगटीले कांग्रेस र एमालेकै कारण शान्ति प्रकृया अडि्कएको आरोप लगाउँदै मन्त्री बोगटीले मेजरमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताए ।
माओवादी संस्थापन पक्षका नेता बोगटीले उपाध्यक्ष मोहन वैद्य पक्षको बोली विगतमा पनि नबिकेको र अब पनि खासै महत्व नराख्ने जिकिर बोगटिको थियो । उनले राष्ट्रिय सहमतिको सरकारको बातावरण बन्नासाथ प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने समेत स्पष्ट पारे ।
ऊर्जा मन्त्री बोगटीले आ



