न्याय परिषद् ऐन संशोधन गरी वकिलहरुलाई जिल्ला अदालतका न्यायाधीश बन्ने अवसर दिन तयार पारिएको मस्यौदा पारित गर्दै न्यायपरिषद्ले उक्त मस्यौदा सहमतिका लागि मन्त्रिपरिषदमा पठाएको छ।
जिल्ला अदालतको न्यायाधीशमा न्याय सेवाका कर्मचारी मात्र नभइ वकिललाई पनि नियुक्त गर्न सक्ने व्यवस्था अन्तरिम संविधानमा थियो।
तर कानुन अभावमा कार्यान्वयन हुन सकेको थिएन।
न्यायपरिषद्का सचिव जीवनहरि अधिकारीका अनुसार त्यसलाई लागू गराउन न्याय परिषद् ऐन संशोधन गर्न लागिएको हो।
जिल्ला र पुनरावेदन अदालतका न्यायाधीश पदको लागि लिइएको परीक्षा पास गरेर छनौटमा परेका न्यायाधीशका बारेमा अब सार्वजनिक सुनुवाइ हुने भएको छ।
नयाँ कानुनमा पुनरावेदन अदालतहरुमा न्यायाधीश छान्दा उनीहरुको दक्षता परीक्षण गर्ने व्यवस्था पनि गरिएको छ।
सचिव अधिकारीले भने,