

काठमाडौं, ६ बैशाख । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन् ।
मे १९ देखि २० सम्म चीनको दुई दिने राजकीय भ्रमणका लागि रूसी राष्ट्रपति पुटिन बेइजिङ पुगेका हुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्के लगतै रूसी राष्ट्रपति पुटिन बेइजिङ पुगेका हुन् ।


चीनिया सञ्चारमाध्यमका अनुसार चीनका शीर्ष कूटनीतिज्ञ, केन्द्रीय विदेश आयोगको कार्यालयका निर्देशक र विदेशमन्त्री वाङ यीले विमानस्थलमा पुटिनलाई न्यानो स्वागत गरेका थिए । यो पुटिनको २५ औं चीन भ्रमण हो।


चिनियाँ राष्ट्रपति सी जिनपिङले मे २० मा पुटिनको स्वागत समारोह आयोजना गर्दैछन भने दुबै देशका राष्ट्रपतिले धेरै रणनीतिक र महत्त्वपूर्ण मुद्दाहरूमा विचार आदानप्रदान गर्ने रूसी सञ्चारमाध्यमले जनाएको छ । यस बिचमा चीन र रूसका बिचमा धेरै सम्झौताहरूमा पनि हस्ताक्षर गर्ने भनिए पनि के के बिषयमा सम्झौता हुने हो, त्यो भने खुलेको छ ।

चीन–रूस समन्वयको रणनीतिक साझेदारीको ३० औं वार्षिकोत्सवको अवसरमा यो भ्रमण भएको हो भने चीन–रूस असल छिमेकी र मैत्रीपूर्ण सहयोग सन्धिमा हस्ताक्षरको २५ औं वार्षिकोत्सव पनि बेइजिङमा मनाइदैँछ ।





