पोखरामा एक महिलाद्धारा आफू समेत दुई छोरीलाई आगो लगाएर आत्महत्या

– वसन्ती बाँस्तोला

 

पोखरा – लेखनाथ नगरपालिकामा एक जना महिलाले आफू समेत दुई छोरीलाई आगो लगाएर मारेकी छन् । प्रहरीका अनुसार सोमबार राति ३२ वर्षीय सीता ओझाले दुई छोरी सहित आफूमाथि मट्टितेल खन्याएर आगो लगाएकी हुन् ।

 

राति १ बजे दुई छोरी सुतेको स्थानमा पुगेर आमा सीताले मट्टितेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । १३ वर्षीइ जेठी छोरी सीमानाको घट्नास्थलमै, आमा सीताको गण्डकी अस्पतालमा तथा ८ वर्षीया कान्छी छोरीको मणिपाल अस्पतालमा निधन भएको छ ।

 

मृतक सीताले सिसुवा चोकमा कोल्ड स्टोर चलाउँदै आएकी थिइन । प्रहरीले सीताका श्रीमान शिवलाई नियन्त्रणमा लिएको छ । घट्नाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।