पर्वत – स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले जेठ १४ अघि स्थानीय निकायको निर्वाचन गर्ने सम्भावना नरहेको बताएका छन्। उनले स्थानीय निकायमा दलीय संयन्त्र खारेज भएपछि त्यसको विकल्पका बारेमा मन्त्रालयले तयारी गरिरहेको र छिट्टै वैधानिक र कानुनी प्रक्रिया मिलाएर नयाँ संयन्त्र निर्माण हुने जानकारी पनि दिए।
अर्को एक प्रसङ्गमा मन्त्री रायमाझीले वर्तमान सरकारको विकल्पको खोजी हुन नसक्ने र प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने बताए। रासस



