

सार्वजनिक सम्पत्ति संरक्षणमा सन्धिखर्क नगरपालिकाको कडा कदम, अतिक्रमण हटाउन निर्देशन
अर्घाखाँची — सन्धिखर्क नगरपालिका ले नगरभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गाको संरक्षणका लागि अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गामा गरिएका अतिक्रमण, अवैध प्रयोग तथा संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।


नगरपालिकाका अनुसार सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्दै व्यवस्थित र सुन्दर नगर निर्माण गर्ने उद्देश्यले अभियान अघि बढाइएको हो। व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक जग्गा प्रयोग गर्ने, संरचना निर्माण गर्ने वा अतिक्रमण गर्ने कार्य तत्काल रोक्न आग्रह गरिएको छ।

यस विषयमा पूर्व सांसद बिजुला रायमाझी ले नगरपालिकाको कदमको स्वागत गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबै नागरिकको साझा दायित्व भएको बताएकी छन्। उनले नगरपालिकाको अभियानले व्यवस्थित र सभ्य नगर निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।

नगरपालिकाले तोकिएको समयभित्र अतिक्रमण हटाउन आग्रह गर्दै अटेर गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षणमा नगरवासीको साथ र सहकार्य आवश्यक रहेको नगरपालिकाले जनाएको छ।
सार्वजनिक सम्पत्ति संरक्षणबारे सन्धिखर्क नगरपालिकाद्वारा जारी सूचना:

#सन्धिखर्कनगरपालिका #सार्वजनिकसम्पत्ति #अतिक्रमण #नगरविकास #अर्घाखाँची #बिजुलारायमाझी #नेपालसमाचार #ताजा_अपडेट #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



