आजदेखि दुई फिल्म ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा

 

काठमाडौँ । आजदेखि दुई फिल्म ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा आउँदैछन् ।

मितेरी साइनोको कथामा बनेको ‘मितज्यू’ मा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, अनुषा राईलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्मका लगानीकर्ता जनक घर्ती मगर रहेका छन् ।

त्यस्तै पारिवारिक प्रेमकथामा आधारित ‘काजी’ मा भने विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेका छन् । लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, अनुराग कुँवर, हिउँवाला गौतम लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

फिल्म ‘मितज्यू’ ले देशव्यापी ११४ शो पाएको छ भने  फिल्म ‘काजी’ ले  ८२ शो मात्र पाएको छ ।

 

 

Nepal life insuranceimagesimagesimages