आजको मौसमः चार प्रदेशका तराई भू-भागमा हावाहुरी चल्ने

 

काठमाडौं, १२ जेठ ।  हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको तराई भू-भागका  एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको  तराई भू-भागका थोरै स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको छ।

राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ।  बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी र  मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा तातो दिन तथा तराई भू-भागमा तातो लहर  हुने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

#आजकोमौसम #हावाहुरी #तराई #मौसमअपडेट #नेपालमौसम #WeatherUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु