पर्यटनमन्त्री लोकेन्द्र विष्टले मुलुकको इज्जत र प्रतिष्ठानमै आँच पुर्याउने काम गरेको उल्लेख गर्दै कार्वाहीको माग

काठमाडौ  – संसदको राज्यव्यवस्था समितिका सदस्यहरुले पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री लोकेन्द्र विष्टले मुलुकको इज्जत र प्रतिष्ठानमै आँच पुर्याउने काम गरेको उल्लेख गर्दै कार्वाहीको माग गरेका छन् ।

समितिको बैठकमा मंगलबार सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिका संयोजकसमेत रहेका मन्त्री विष्टले भिसाबिना नै अन्य देशको भ्रमणमा निस्कनु गम्भीर र लज्जास्पद विषय भएको बताए ।

मन्त्री विष्टलाई यही फागुन २२ गते संयुक्त अरब इमिरेड्सको अवुधाबीमा विना भिसा जर्मन जानेक्रममा रोकिनु परेको थियो ।

मन्त्री नियन्त्रणमा परेको घटनाबारे जानकारी लिन राज्यव्यवस्था समितिले गृहमन्त्रालयका सचिव, विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब महानिरीक्षक र विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखलाई बोलाएर जानकारी लिएको थियो ।

मन्त्री विना भिसा अबुधाबी पुगेको विषयबारे छानबिन गर्न सरकारले यसअघि नै समिति गठन गरिसकेको छ । बैठकमा अघिकांश सदस्यहरुले मुलुकको प्रतिष्ठामा आँच आउने यस्ता गम्भीर घटनालाई दोहोरिन नदिन के कस्ता उपाय अवलम्बन गर्न आवश्यक हुन्छ भन्नेबारेमा समेत छलफल गरेका थिए ।

मन्त्रीलाई छिटो विदेश भ्रमणमा पठाउने नाममा अध्यागमन विभागका कर्मचारीहरुले आफ्नो कर्तव्यबाट चुकेको सदस्यहरुको भनाइ थियो । पर्यटनमन्त्री स्वयम् उनका निजी सचिवालयका कर्मचारी, विमानस्थलमा सुरक्षा खटिएका कर्मचारी, टिकट बिक्री गर्ने इस्तिहार विमान सेवा तथा अध्यागमनका कर्मचारीले इमान्दारी र कर्तव्यनिष्ठ भएर काम नगरेको दुष्परिणामका रुपमा सो घटना भएको निस्कर्ष निकालेका थिए ।

विमान सेवाले दिएको समयभन्दा निकै ढिलो मन्त्री विमानस्थल प्रवेश गरेको र विमान छुट्नसक्ने भयका कारण हतार