

चीनको शेन्झाउ–२१ अभियानमा संलग्न तीनैजना अन्तरिक्ष यात्रीहरू शुक्रवार सफलतापूर्वक पृथ्वीमा फर्किएका छन् । शेन्झाउ–२२ स्पेसशिपको रिटर्न क्याप्सुलमार्फत उनीहरू सुरक्षित रूपमा अवतरण गरेका हुन् ।

यस अभियानसँगै चिनियाँ अन्तरिक्ष यात्रीको टोलीले अन्तरिक्षमा सबैभन्दा लामो समय बिताएको नयाँ कीर्तिमान समेत कायम गरेको छ ।
अन्तरिक्ष यात्रीहरू झाङ लु, वु फेई र झाङ होङझाङ सवार उक्त क्याप्सुल उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा अवस्थित डोङफेङ अवतरण स्थलमा उत्रिएको थियो ।

क्याप्सुलबाट बाहिर निस्किएका तीनैजना यात्रीहरूको स्वास्थ्य अवस्था सामान्य र राम्रो रहेको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन् । यस सफल अवतरणसँगै चीनको मानवयुक्त अन्तरिक्ष महत्वाकाङ्क्क्षामा अर्को एउटा महत्वपूर्ण इँटा थपिएको छ ।



