हट ससमा बिष हालेर ४० देशमा निर्यात, १०० जना मार्ने दोषी क्यानेडियन् अदालत

 

टोरोन्टो, १७ जेठ । क्यानेडियन नागरिक केनेथ लले इन्टरनेटमार्फत ४० देशमा विष बेचेर ब्यक्ति हत्या गरेको अभियोगमा हिरासतमा छन् ।

उनी माथी हाल मुद्दा चलिरहेको छ र उनले आफ्नो अपराध स्वीकार गरेका छन्।

खासमा यो इन्टरनेट भित्र लुकेको यो भयानक ‘मृत्यु बजार’ को वास्तविकता डरलाग्दो छ। ६० वर्षीय पूर्व इन्जिनियर र होटल शेफ केनेथ ललाई अनलाइन वेबसाइटहरू मार्फत विश्वभरका दर्जनौं देशहरूमा ‘आत्महत्या प्याकेट अर्थात विष’ पठाउने आरोप लगाइएको छ।

उनको यो हर्कतका कारण १०० भन्दा बढी ब्यक्तिको मृत्यु भएको जनाइएको छ । शुक्रबार ओन्टारियोको न्युमार्केटमा मुद्दा सुरु हुँदा अदालतको कोठा खचाखच भरिएको थियो। केनेथले न्यायाधीश मिशेल फर्स्टसमक्ष स्वीकार गरे कि उनले युवाहरूलाई आत्महत्या गर्न प्रोत्साहित गरेका थिए, जसका लागि उनीहरूलाई घातक रसायनहरू आपूर्ति गरिदिएका थिए ।

अभियोजकहरू र केनेथ बीचको सम्झौताको अंशको रूपमा १४ वटा हत्याका आरोपहरू खारेज गरिएको भए पनि  उनले आत्महत्यामा सहयोग गर्ने (आत्महत्या गर्न सहयोग गर्ने) थप १४ वटा अभियोगको दोष भने स्वीकार गरेका छन् ।

images

अदालतमा १६ देखि ३६ वर्ष उमेरका १४ युवा मृत्यु भएका क्यानेडियनहरूको नाम एक एक गरी पढेर सुनाइँदा पीडित परिवारले आफ्नो आँसु थाम्न सकेनन्। अब केनेथ ललाई यो भयानक अपराधको लागि सेप्टेम्बरमा सजाय दिइने छ।

images

अदालतमा पेश गरिएका कागजातहरूले केनेथ लले यो सम्पूर्ण र्‍याकेट धेरै चलाखीपूर्ण तरिकाले चलाएको खुलासा भएको छ । उनले पहिले टोरन्टोको एक होटलमा कुकको रूपमा काम गरेका थिए र आफ्ना गतिविधिहरू लुकाउन चार नक्कली कम्पनीहरू र धेरै वेबसाइटहरू सिर्जनासमेत गरेका थिए। खासमा उनी हट ससमा विष हालेर ठाउँ ठाउँमा पठाउँथे, सो खाए पछि मानिसहरूको मृत्यु हुने गरेको थियो ।
 

Nepal life insuranceimagesimagesimages

images