पिएसजीले च्याम्पियन लिग जिते लगत्तै पेरिसमा झडप र आगजानी, २२ हजार सुरक्षाकर्मी तैनाथ

 

पेरिस, १७ जेठ । च्याम्पियन्स लिगको फाइनल फुटबल क्लब पेरिस सेन्ट जर्मनले जीते पछि पेरिसमा हिंसा फैलिएको छ ।

पेरिस प्रहरीले शनिबार च्याम्पियन्स लिगको फाइनलमा शहरको फुटबल क्लब पेरिस सेन्ट जर्मेनको जितपछि शहरका केही भागमा हिंसा भडकिए पछि हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

भीडलाई नियन्त्रण लिनका लागि सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गरेको र दर्जनौंलाई पक्राउ गरिएको अन्तराष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

समाचार च्यानल बिएफएममा प्रसारित फुटेजमा पश्चिमी पेरिसमा रहेको पिएसजीको पार्क डे प्रिन्सेस स्टेडियम वरिपरि तनाव र छोटो झडपका दृश्यहरू देखाइएको छ, जहाँ ४० हजार भन्दा बढी समर्थकले विशाल स्क्रिनहरूमा क्लबले लगातार दोस्रो उपाधि जितेको हेरेका थिए।

हिंसात्मक झडपहरूमा अभ्यस्त फ्रान्सले राजधानीमा सुरक्षा व्यवस्था कायम राख्न २२ हजार प्रहरी खटाएको छ। गत वर्ष पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग जिते पछि भएको झडपमा दुई जनाको मृत्यु भएको थियो भने लगभग ⁠२ सय जना बढी घाइते भएका थिए।

सुरक्षा अधिकारीहरूले आंशिक रूपमा घेराबन्दी गरेको च्याम्प्स एलिसेस बुलेभार्ड प्रायः शान्तिपूर्ण पिएसजी फ्यानहरूले भरिएको थियो, प्रहरीले भीडको आकार २० हजार अनुमान गरेको थियो। तर, त्यसपछि केही समर्थकहरूले आतिशबाजी गरेका थिए भने आगजानी सुरू भएको थियो ।

एक प्रहरी प्रवक्ताले रोयटर्सलाई बताए अनुसार सो क्रममा ६ वटा सवारी साधन र दुई पसलहरू क्षतिग्रस्त भएका छन्। भिजगार्ड २४ का अनुसार अहिले पनि पेरिसमा धेरै भन्दा धेरै कारहरूमा आगजनी भइरहेको छ। प्रहरी र प्रदर्शनकारी बिच सडकमा झडपहरू भइरहेका छन्।

 

Nepal life insuranceimagesimagesimages