

नेपाली काँग्रेसकी मुख्य सचेतक वासना थापाले प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै मुख्य सचेतक थापाले नेपालले भारतको कुन भूमी मिचेको हो ? जानकारी दिनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टममा उभिएर नेपालबाट पनि भारतको भूमि मिचिएको बताउनुभएको थियो । उक्त अभिव्यक्तिप्रति आपत्ती जनाउँदै थापाले त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीको उक्त भनाइलाई गम्भीर र आपत्तिजनक विषय भएको बताउँदै तथ्य र प्रमाण भए संसद तथा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युले भन्नुभएको थियोे, नेपाल भारत सीमा विवाद छन्, तर प्रधानमन्त्रीले नेपालबाट पनि भारतको भुमी मिचियो भन्नुभयो, यो कहाँनेर मिचिएको हो ? यो छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउनुप¥यो र यो गम्भीर र आपत्तीजनक विषय हो, प्रधानमन्त्रीले तथ्यविना दुई देश सिमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन प¥यो, यदी यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’
उहाँले दुई देशबीचको सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले तथ्यविनै बोलेको हो भने त्यो स्वीकार्य नहुने बताउनुभयो । यदि प्रधानमन्त्रीको भनाइ सत्य हो भने त्यसको आधार प्रश्तुत गर्नुपर्ने उहाँको भनाई छ ।



