विवाद चर्किंदै गएपछि महालेखा नियन्त्रकको कार्यालयमा आफ्नै कर्मचारीले तोडफोड गरे

महालेखा नियन्त्रकको कार्यालयमा त्यहींका कर्मचारीले तोडफोड गरेका छन् । कर्मचारी सरुवामा माओवादी, कांग्रेस र एमाले निकटका कर्मचारीबीच विवाद चर्किंदै गएपछि कर्मचारीहरुले आफ्नै कार्यालयमा तोडफोड गरेका हुन । तोडफोडबाट कार्यालय प्रमुखको कार्यकक्षमा क्षति पुगेको छ ।

 

कार्मचारी सरुवामा विवाद भएपछि हिजो राति अवेर सम्म छलफल भएको तर सहमति हुन नसकेकोमा आज केही कर्मचारीले एक्कासी तोडफोड गरेको जनाइएको छ ।

 

तोडफोडपछि अनामनगरस्थित महालेख नियन्त्रकको कार्यालय अहिले प्रहरी तैनाथ गरिएको छ । कमाई हुने स्थानमा सरुवा पाउने विवादमा हिजो दिउँसो गृहमन्त्रालयमै कर्मचारीहरुबीच झडप भएको थियो । वन विभाग, शिक्षा मन्त्रालय लगायतका कार्यालयहरुमा पनि सरुवाकै विवादमा झडप भएको छ ।