रास्वपा सभापति रबि लामिछाने ५ दिने भारत भ्रमणमा जाँदै

 

काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारत प्रस्थान गर्दैछन् ।

उनीसँगै पत्नी निकिता पौडेलसहित सभापति लामिछानको विश्वास पात्र नेता बिपिन आचार्य र दिपक बोहोरा पनि साथमा जाँदैछन्र । भारत सरकारको निमन्त्रणामा जान लागेको सभापति जुन ५ मात्रै स्वदेश फर्कने छन् ।

आइतवार साँझसम्म दुवै पक्षले भ्रमणको औपचारिक घोषणा गरेका छैन । यद्यपि, काठमाडौँ र नयाँ दिल्लीका जानकार स्रोतहरूका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै सभापति लामिछानेले विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिश्री र भाजपा अध्यक्ष नितिन नवीन लगायतलाई भेट्ने कार्यक्रम तय भएको बुझिएको छ ।

जुन २ मा नयाँ दिल्लीमा औपचारिक बैठकहरू समाप्त गरे पछि लामिछानेले भारतको एक प्रतिष्ठित स्थान अयोध्याको भ्रमण गर्नेछन् भने स्वतन्त्र पार्टी र भारतीय सत्तारूढ पार्टी भाजपा बीचको पार्टी–पार्टी सम्बन्धमा केन्द्रित भेटघाट हुनेछ । सबै आधिकारिक बैठकहरूमा नेपाली कूटनीतिज्ञहरू उपस्थित हुनेछन्।

लामिछानेका धेरैजसो बैठकहरू जुन २ मा समाप्त हुनेछन् र बाँकी तीन दिन निजी समयको रूपमा रहे पनि ५ जुनमा भने उनले भारतमा रहेका प्रवासी नेपालीहरूसँग सम्बाद र छलफल गर्नेछन्
 

#Mango #FoodSafety #HealthyFood #ConsumerAwareness #FoodQuality #PublicHealth #AgricultureNews #NepalNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages