अर्घाखाँचीकी आयुषा भुसाल प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट छनोट प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित (तस्बिर सहित)

 

अर्घाखाँची डटकम सम्बाददाता।

अर्घाखाँची । अर्घाखाँची जिल्लाकी प्रतिभाशाली महिला क्रिकेट खेलाडी आयुषा भुसाल प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट छनोट प्रतियोगिताकी उत्कृष्ट खेलाडी (Player of the Tournament) बन्न सफल भएकी छन्। सन्धिखर्कस्थित टुँडिखेल मैदानबाट करिब एक वर्षअघि मात्रै क्रिकेट खेलको औपचारिक यात्रा सुरु गरेकी आयुषाले छोटो समयमै उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशस्तरमा आफ्नो क्षमता प्रमाणित गरेकी हुन्। रूपन्देही जिल्ला टोलीबाट प्रतियोगितामा सहभागिता जनाएकी उनले प्रतियोगिताभर उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेकी थिइन्।

No photo description available.Nepal life insurance

प्रतियोगिताको पहिलो खेलमा नवलपरासीविरुद्ध शानदार प्रदर्शन गर्दै उनले ५ ब्याट्सम्यानलाई आउट गराएकी थिइन्। उक्त खेलमा उत्कृष्ट बलिङ गरेपछि उनी म्यान अफ द म्याच घोषित भएकी थिइन्।

त्यसैगरी दोस्रो खेलमा पाल्पाविरुद्ध पनि उनले निकै किफायती बलिङ गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन्। फाइनल खेलमा बाँकेविरुद्ध पुनः उत्कृष्ट प्रदर्शन गर्दै माथिल्लो क्रमका ३ महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गरेकी आयुषाले म्यान अफ द म्याचको उपाधि समेत हात पारिन्।

No photo description available.

प्रतियोगिताभर लगातार प्रभावशाली प्रदर्शन गरेपछि उनलाई प्रतियोगिताकै उत्कृष्ट खेलाडीको सम्मान प्रदान गरिएको हो। उनको प्रदर्शनले अर्घाखाँचीको क्रिकेट क्षेत्रमा नयाँ उत्साह थपिएको खेलप्रेमीहरूको भनाइ छ।

May be an image of basketball and text that says "WAI WAI WAI U-19 WOMEN PROVINC SELECTIO URNAMENT-20 2083-02-17 rganized by: Venue: Sho 'vince Cricket Ass Sun Sewa VEL on Gse 水 RA 3 WAIWAI WAI WAI eSewa WAI-WAIL-19 TOURNAMENT PROVINCE LEVEL 2083 SELECTION Society, Rupandehi PLAYER Nepali Cricket OF Supporters THE MATC Rs. 1500 Organized Lumbini Prorince Cricket Association I WAI U-19 WOME SELECTION TOUR LAYER OF H J WAI @Sewa OVINCEL CELEVEL RNAMENT 2083 PLAYER"

क्रिकेटप्रति लगाव, निरन्तर अभ्यास र मेहनतका कारण छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेकी आयुषालाई अहिले जिल्लाकै उदीयमान महिला क्रिकेट खेलाडीका रूपमा हेरिन थालिएको छ। जिल्लाबाट राष्ट्रियस्तरसम्म पुग्ने सम्भावना बोकेकी खेलाडीका रूपमा उनको चर्चा हुन थालेको छ।

अर्घाखाँचीबाट महिला क्रिकेटमा उत्कृष्ट उपलब्धि हासिल गर्दै प्रदेशस्तरमा जिल्लाको नाम चिनाउन सफल भएकी आयुषाको सफलताले जिल्लाका अन्य युवतीहरूलाई समेत खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

नेपालमा महिला क्रिकेटको विस्तारसँगै यू–१९ स्तरका प्रतियोगिताले नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। Cricket Association of Nepal ले पनि महिला क्रिकेट विकासका लागि विभिन्न प्रतियोगिता तथा छनोट कार्यक्रम सञ्चालन गर्दै आएको छ।


#AyushaBhusal #WomenCricket #U19Cricket #PlayerOfTheTournament #CricketNepal #ArghakhanchiPride #RupandehiCricket #SportsNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

 

Nepal life insuranceimagesimagesimages