अमेरिकी सेनाद्वारा इरानी बन्दरगाह जाँदै गरेको जहाज निष्कृय, इन्जिन कोठामा मिसाइल प्रहार

 

अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) ले इरानी बन्दरगाहतर्फ अघि बढिरहेको गाम्बियाको झण्डा अङ्कित एक व्यापारिक जहाजलाई कारबाही गरी निष्कृय बनाएको छ । शुक्रवार ओमानको खाडीमा भएको उक्त कारबाहीबारे सेन्ट्रकमले शनिवार औपचारिक जानकारी दिएको हो ।

सेन्ट्रकमकाअनुसार ‘एमभी लियान स्टार’ नामक उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानी बन्दरगाहतर्फ अघि बढिरहेको थियो । सो क्रममा अमेरिकी सेनाले उक्त जहाजलाई अमेरिकी नाकाबन्दी उल्लंघन गरिरहेको भन्दै रोकिनका लागि २० पटकभन्दा बढी चेतावनी दिएको थियो । उक्त आक्रमणपछि जहाज हाल इरानतर्फ जान असमर्थ रहेको बताइएको छ ।

अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको नौसैनिक नाकाबन्दीका क्रममा अहिलेसम्म कुल पाँचवटा व्यापारिक जहाजहरूलाई निष्कृय पारिएको र ११६ वटा जहाजहरूको मार्ग परिवर्तन (रिडाइरेक्ट) गरिएको सेन्ट्रकमले जनाएको छ ।

 

Nepal life insuranceimagesimagesimages