क्रकोचका संस्थापक अभिजित भारत फर्कदै, जन्तरमन्तरमा प्रदर्शन गर्ने

 

नयाँ दिल्ली, १९ जेठ । ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिपके जुन ६ मा भारत फर्कने भएका छन्।

त्यसपछि उनले शिक्षामन्त्रीको राजीनामा माग्दै दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्नेछन्। दिपकेले आफ्नो एक्स अकाउन्टमा यो घोषणा गरेका छन कि ‘ककरोच फिर्ता आएको छ।’

ककरोच जनता पार्टी एक सामाजिक सञ्जाल प्लेटफर्म हो, जुन भारतका प्रधानन्यायाधीश सूर्य कान्तको हालैको ककरोच टिप्पणी पछि सामाजिक सञ्जाल प्लेटफर्म बनेको छ।

३० वर्षीय अभिजीत दिपके महाराष्ट्रको संभाजी नगरका डिजिटल मिडिया रणनीतिकार हुन्। रिपोर्टका अनुसार अभिजीतले पुणेबाट पत्रकारिता अध्ययन गरेका थिए। उनी हाल संयुक्त राज्य अमेरिकाको बोस्टन विश्वविद्यालयमा जनसम्पर्कमा स्नातकोत्तर डिग्री गरिरहेका छन्।

अभिजीतले २०२० देखि २०२२ सम्म केजरीवालको आम आदमी पार्टीको लागि सामाजिक सञ्जाल रणनीतिकारको रूपमा काम गरेका थिए। २०२० को दिल्ली विधानसभा चुनावको समयमा अभिजीतले आपको लागि भाइरल मीम आधारित अनलाइन अभियान सामग्री सिर्जना गरेका थिए।

images

एक अन्तर्वार्तामा अभिजितले व्यक्तिगत र आर्थिक स्थिरता हासिल गर्न आफूले आम आदमी पार्टी छोडेर बोस्टन विश्वविद्यालयमा आवेदन दिएको खुलासा गरेका छन् । भर्ना पाएपछि उनी अमेरिका सरेका थिए। अभिजितले किसानहरूको विरोधदेखि लिएर आफ्नो एक्स खातामा मुद्रा स्फीतिसम्मका राजनीतिक मुद्दाहरूमा केन्द्र सरकार र प्रधानमन्त्रीलाई निशाना बनाउँदै आएका छन्।
#क्रकोच #अभिजित #भारत #जन्तरमन्तर #प्रदर्शन #PoliticsNews #BreakingNews #InternationalNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

images

Nepal life insuranceimagesimagesimages