दक्षिण कोरियाको एयरोस्पेस प्लान्टमा विस्फोट, पाँच जनाको मृत्यु

 

दक्षिण कोरियाको एक एयरोस्पेस प्लान्टमा सोमवार भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । राजधानी सोलबाट करिव १५० किलोमिटर दक्षिणमा पर्ने डेजोनस्थित हनवा एयरोस्पेस प्लान्टमा उक्त दुर्घटना भएको हो ।

स्थानीय समाचार एजेन्सी योनहापकाअनुसार स्थानीय समयअनुसार बिहान १०ः५९ बजे विस्फोटको खबर प्राप्त भएको थियो । मुलुकको अग्रणी एयरोस्पेस तथा रक्षा कम्पनीका रूपमा रहेको हनवा एयरोस्पेसको प्लान्टमा आगलागी भएपछि अग्नि नियन्त्रकहरूले बिहान ११ः१७ बजे लेभल–१ को आपतकालीन प्रतिकार्य सुरु गरेका थिए ।

सुरक्षाकर्मी र दमकलको सक्रियतामा बिहान ११ः४९ बजेसम्ममा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । प्रहरी र अग्नि नियन्त्रण अधिकारीहरूका अनुसार विस्फोट प्लान्टको पहिलो तलामा भएको थियो ।

विस्फोटको स्पष्ट कारण हालसम्म खुल्न सकेको छैन। अधिकारीहरूले दुर्घटनाको यकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएका छन् ।

 

 

Nepal life insuranceimagesimagesimages