अखण्ड सुदूरपश्चिमको माग गर्दै संयुक्त लोकतान्त्रिक परिवेश समूहले आज सुदूरपश्चिम बन्द गराएका छन् ।
बन्दका कारण कैलाली, डोटी, कञ्चनपुर लगायतका जिल्लामा जनजीवन प्रभावित भएको छ । बन्दले शिक्षण संस्था, यातायात, कलकारखाना ठप्प छ भने लामो दुरीमा जाने गाडी पनि चलेको छैन ।
राज्य पुनर्संरचना आयोगको प्रतिवेदनमा सुदूरपश्चिमका ९ जिल्लाबाट कञ्चनपुर र कैलाली टुक्राएको विरोधमा बन्द आह्वान गरिएको हो ।