इथियोपियामा सातौँ आम निर्वाचनः ५ करोड ४० लाखभन्दा बढी मतदाता सहभागी

 

इथियोपियामा सातौँ आम निर्वाचन सफल भएको छ । मुलुकभरका हजारौँ मतदान केन्द्रहरूमा लाखौँ मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न उपस्थित भएका थिए । इथियोपियाको राष्ट्रिय निर्वाचन बोर्डकाअनुसार यस पटक ५ करोड ४० लाखभन्दा बढी नागरिकले मतदान गरेका छन् ।

यस निर्वाचनमार्फत मतदाताहरूले संघीय संसदको तल्लो सदन हाउस अफ पिपुल्स रिप्रिजेन्टेटिभ्सका साथै क्षेत्रीय परिषद्का सदस्यहरू चयन गर्नेछन् । निर्वाचन अधिकारीहरूकाअनुसार ४२ वटा राजनीतिक दलका १० हजारभन्दा बढी उम्मेदवार र केही स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । इथियोपियाको संवैधानिक व्यवस्थाअनुसार संसद्मा बहुमत प्राप्त गर्ने राजनीतिक दल वा गठबन्धनले सरकार गठन गर्ने र प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान रहेको छ ।

निर्वाचनको आधिकारिक परिणाम घोषणा हुन करिव १० दिन लाग्ने अनुमान गरिएको छ । मतदान प्रक्रियालाई सहज र व्यवस्थित बनाउनका लागि सरकारले अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यस्थलहरूमा सार्वजनिक बिदा दिएको छ ।

 

 

Nepal life insuranceimagesimagesimages