म्यानमारको याङ्गुनमा नयाँ शैक्षिक सत्र शुरुः ९ लाख ४९ हजारभन्दा बढी विद्यार्थी विद्यालय फर्किए

 

म्यानमारको याङ्गुन क्षेत्रमा सोमवारदेखि शैक्षिक सत्र २०२६–२०२७ को औपचारिक शुरुवात भएको छ । नयाँ शैक्षिक सत्रको पहिलो दिन ९ लाख ४९ हजार ४४१ विद्यार्थीहरू विद्यालयमा उपस्थित भएको सरकारी सञ्चारमाध्यम ‘ग्लोवल न्यू लाइट अफ म्यानमार’ ले मंगलबार जनाएको छ ।

प्राप्त विवरणअनुसार, याङ्गुन क्षेत्रका २ हजार ७१७ आधारभूत विद्यालय, ३७८ निजी विद्यालय र २३१ गुम्बा विद्यालयहरूमा गरी कूल ८०.८३ प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ ।

अघिल्लो शैक्षिक सत्रमा सो क्षेत्रका विद्यालयहरूमा १० लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अधिकारीहरूले हाल जारी विद्यार्थी भर्ना अभियानमार्फत यस शैक्षिक सत्रमा विद्यार्थीको कुल संख्या १२ लाख पु¥याउने लक्ष्य राखेका छन् ।

 

 

Nepal life insuranceimagesimagesimages