हरेक सोमवार बक्स अफिस रिपोर्ट सार्बजनिक गरिने

 

काठमाडौं, २१ जेठ । चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रहरूको बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ।

बिकास बोर्डले आज  एक सूचना जारी गर्दै अब देखी हरेक हप्ताको सोमबार बक्स अफिस कलेक्सन सार्वजनिक गर्ने जानकारी दिएको हो।

नयाँ व्यवस्था अनुसार, प्रदर्शन मिति अनुसार शुक्रबारदेखि अर्को हप्ताको आइतबारसम्मको कलेक्सन रिपोर्टलाई समेटेर सोमबार विवरण सार्वजनिक गरिनेछ।

यस्तो रिपोर्ट चलचित्र विकास बोर्डको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका पानाहरूमा उपलब्ध हुने बोर्डले जनाएको छ।

 

 

images

Nepal life insuranceimagesimagesimages