बुटवलमा सडक दुर्घटना:अर्घाखाँची भगवती गाविसका नवराज श्रेष्ठको मृत्‍यु/अनिस्चितकालिन रुपन्देही बन्दको घोषणा

– उमाकान्त पाण्डे गाउंले

बुटवल –  पुर्वपश्चिम राजमार्ग अन्तरगत बुटवलको मीलनचौकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

आज सोमबार बिहान १० बजे भएको दुर्घटनामा लु५प २३४० नम्मरको मोटरसाइकलमा सवार जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत दिलीप न्यौपाने र  नवराज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  

मृतक न्यौपानेको स्थाई ठेगाना गुल्मी तथा श्रेष्ठको अर्घाखाँचीको भगवती गाविस रहेको अर्घाखाँची डट्कम् बुटवल डेस्क ब्युरो ले बताएको छ ।

यसै बिच आज भएको सो सडक दुर्घटनामा परी ज्यान गुमाउनेको परिवार लाई उचित क्षतीपुर्ती बालबच्चा लाई शिक्षा दिक्षा तथा टीप्पर चालक लाई कडाभन्दा कडा कारबाहीको माग ग्रर्दै अर्घाखाँची – रुपन्देही संपर्क समाजले आज देखी अनिस्चित कालिन रुपन्देही बन्दको आह्वान गरेको छ ।

रिक्सा मा माइकिकिङ र पर्चा बाढ्दै आज देखी अनिच्सित कालिन रुपन्देही बन्द गरिएकोले बन्द अबधी भर आ – आ-आफ्नो स्थान बाट  सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।  बन्दको अबज्ञा गरी ब्यापार ब्यवसाय गर्दा हुन सक्न्रे अप्रिय घटना प्रती आफुहरु जबाफदेही हुन नसक्ने समाजले जनाएको छ ।