

इण्डोनेसियाली मुद्राको विनिमय दरमा देखिएको दबाबलाई सम्बोधन गर्दै बजारलाई स्थिर बनाउन इण्डोनेसिया सरकारले ८० खर्ब रूपिया (करिव ४४ करोड ३० लाख अमेरिकी डलर) विनियोजन गरेको छ । अर्थमन्त्री पुर्बया युधि सादेवाले बिहीवार यसबारे जानकारी दिँदै सरकारी ऋणपत्र (बन्ड) बजारको स्थिरताका लागि उक्त रकम खर्च गरिने बताउनु भयो ।


यस कोषको परिचालनबाट ’बैंक इन्डोनेसिया’ ले सरकारी ऋणपत्र बजारमा हस्तक्षेप गर्ने र विदेशी लगानीकर्ताहरूले बिक्री गरेका सरकारी धितोपत्रहरू पुनः खरिद गरी बजार सन्तुलन कायम गर्ने लक्ष्य राखेको छ । अमेरिकी डलरको तुलनामा रूपियाको मूल्यमा आएको गिरावटसँगै वित्तीय बजारको स्थिरता र लगानीकर्ताको आत्मविश्वास कायम राख्न सरकारले यो कदम चालेको हो ।
विश्वव्यापी वित्तीय अनिश्चितताका बीच बजारको अस्थिरता व्यवस्थापन गर्न र देशको आर्थिक आधारभूत पक्षहरूलाई सुरक्षित राख्न सरकारले केन्द्रिय बैंकसँग निरन्तर समन्वय गर्ने जनाएको छ ।



