चुल्हो छोएको निहुँमा हत्या गरीएका कालिकोटका मनविरे सुनारका परीवारले सरकारद्धारा १० लाख राहत

जुम्ला – चुल्हो छोएको निहुँमा हत्या गरीएका कालिकोटका मनविरे सुनारका परीवारले सरकारवाट राहत पाएका छन्। कालिकोटका माओवादी नेता खड्कबहादुर विश्वकर्माले सदरमुकाम मान्मामा रहेको कर्मचारी मिलन केन्द्रमा आयोजीत एक कार्यक्रममा मृतक मनविरे सुनारका बावु विरभद्र सुनार र श्रीमति रेश्मा सुनालाई संयुक्त रुपमा १० लाख रुपैँयाको चेक हस्तान्तरण गरेका हुन्।

गएको मसींर २४ गते शनिवार साँझ कालिकोटको जुविथा ४ का ३१ वर्षिय मनविर सुनारलाई चुल्हो छोएको निहुँमा उनको घर नजिकैको एक होटेलमा कुटपिट गरीएको थियो। कुटपिटवाट गम्भीर घाईते भएका उनलाई उपचारका लागि अस्पत्ताल लैँजादै गर्दा अर्को दिन वाटोमै सुनारको मृत्यु भएको थियो। कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोही गाविस-८, का मिन वहादुर शाही र वडा नं. ९ का दीपबहादुर शाहीलाई प्रक्राउ गरी कर्तव्य ज्यानको मुद्धा चलाएको छ। उनिहरु अहिले पुर्पक्षका लागि थुनामा छन्।

प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले उनिहरुमाथि जातिय छुवाछुत तथा भेदभाव विरुद्धको ऐन अनुसार पनि कारवाही गरीने वताए। चुल्हो छोएको निहुँमा दलितको हत्या गरीएको विरोधमा विभिन्न संघसंस्थाहरुले देशभर विरोध प्रदर्शन गरेपछि यस अघि नै मन्त्रीपरीषदले मृतकका परीवारलाई १० लाख रुपैँया राहत दिने निर्णय गरेको थियो।

 

– नागरीक