बीर अस्पतालका चिकित्सकहरुले स्वास्थ्य राज्यमन्त्री सरोज यादवले मादक पदार्थ सेवन गरी आफुहरुमाथि गालीगलौज र धम्की दिएको रिसमा अस्पतालमा उपचारका लागि पुगेका सर्वसाधारणलाई नै मर्का पर्नेगरी आकस्मिक बाहेक सबै सेवा ठप्प पारेका छन् ।
अस्पतालमा दूव्र्यवहार गर्ने राज्यमन्त्री यादवले माफी माग्नुपर्ने माग चिकित्सक र कर्मचारीहरुको छ ।
उनीहरुले माग पूरा नभएसम्म कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । गत आइतवार मादक पदार्थ सेवन गरी वीर अस्पताल पुगेका स्वास्थ्य राज्यमन्त्री यादवले दूव्र्यवहार गरेका थिए ।