सरकारले राजधानीमा भइरहेको सडक बिस्तारलाई निरन्तरता दिने भएको छ ।
आज प्रधानमन्त्री डा. बाबुराम भटटराईको अध्यक्षतामा सिंहदरवारमा बसेको सरोकारवालाहरुको बैठकले सडक विस्तारको कामलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकमा सहभागी प्रहरी नायव महानिरीक्षक गणेश राईले सडक बिस्तार भएका स्थानमा जेठ मसान्तभित्र पुननिर्माणको काम सक्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले चैत मसान्त भित्र सडक बिस्तारको क्रममा छेउमा रहेका खम्बा र तार हटाउन नेपाल विद्युत प्राधीकरण र नेपाल टेलिकमलाई निर्देशन दिएको छ ।