मर्दिनडाँडामा घोरबन्दाको दबदबा, आयोजकलाई हराउँदै च्याम्पियन (तस्बिर सहित)

टेकराज भुसाल।
अर्घाखाँची। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ।

May be an image of volleyball

प्रतियोगिताको फाइनल खेलमा घोरबन्दा युवा क्लब सितगंगाले आयोजक महादेव फार्मेसी धारापानीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा दबाबपूर्ण खेल खेलेको सितगंगा टोलीले सुरुदेखि नै खेलमा वर्चस्व कायम राख्दै विजेता बन्न सफल भएको थियो।

उपाधिसँगै घोरबन्दा युवा क्लब सितगंगाले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको आयोजक महादेव फार्मेसी धारापानीले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

May be an image of football, American football, volleyball and text

यस्तै, थ्री स्टार युवा क्लब भूमिकास्थान तृतीय हुँदै २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने भगवती युवा क्लब सन्धिखर्कले सान्त्वना स्थान हासिल गर्दै १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

May be an image of one or more people, crowd and text

प्रतियोगितामा विभिन्न क्षेत्रका आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामार्फत स्थानीय स्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त भएको आयोजकले जनाएको छ।

May be an image of one or more people and text

प्रतियोगिताको जेठ २३ गते शनिवार भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको थियो।

images