
काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन आज हुदैँछ । बागमती प्रदेशको पहिलो अधिवेशन आज प्रदेश सदरमुकाम हेटौँडामा हुदैँछ ।

प्रदेश सभापति अच्युत्तम लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी नै प्रतिनिधि सहभागी हुदैँछन् भने केन्द्रिय सभापति रवि लामिछानेले उद्घाटन गर्ने तय भएको छ। प्रदेश सभापतिका लागि उत्सव अर्याल र डा. रमेश ढकाल आंकक्षीका रूपमा चर्चामा रहेका छन् ।





