विशेष समितिद्धारा लडाकु समायोजनको विधि, क्रिया र मापदण्ड स्पष्ट हुने गरी ५ दिनभित्र विस्तृत कार्य योजना ल्याउन निर्देशन

– सरोजराज अधिकारी

 

काठमाडौ – लडाकु समायोजनको विधि, क्रिया र मापदण्ड स्पष्ट हुने गरी ५ दिनभित्र विस्तृत कार्य योजना ल्याउन मातहतको सचिवालयलाई निर्देशन दिने निर्णय विशेष समितिले गरेको छ ।

 

बिहीबार बसेको सेना समायोजन विशेष समितिको बैठकले यो निर्णय गरेको हो ।


समायोजन रोजेका लडाकुलाई पुनः एकपटक स्वैक्षिक अवकाश वा पुनःस्थापनाको विकल्प रोज्न समय दिने निर्णय भएको मुख्य सिचव माधव घिमिरेले जानकारी दिए ।

 

समायोजन रोज्ने लडाकुको संख्या ९ हजार ७ सय ५ रहेको छ । सात बुँदे सहमतिमा बढीमा ६ हजार ५ सय लडाकु समायोजन गर्न सकिने निर्णय भएको छ । आगामी बैठक विस्तृत कार्य योजना निर्माणपछि १४ गते बस्ने छ ।