विश्वकपकाे ९६ बर्षः मेस्सीले बन्न सक्छन् सबैभन्दा गाेल गर्ने खेलाडी

काठमाडाैं, २६ जेठ । २०२६ फिफा विश्वकप जुन ११ मा सुरु हुँदैछ। यस वर्ष  यो फुटबल महामेला अमेरिका, मेक्सिको र क्यानडामा खेलिनेछ। विश्वभरका कुल ४८ टोलीले विश्व च्याम्पियन बन्न प्रतिस्पर्धा गर्नेछन्, जसमा लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र केलियन एमबाप्पे जस्ता प्रसिद्ध फुटबल खेलाडीहरू समावेश हुनेछन्।

 

फिफा विश्वकप ९६ वर्षअघि सुरु भएको थियो र विगत एक शताब्दीमा खेलाडीहरूले धेरै रेकर्ड बनाएका छन् र तोडेका छन्। विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कुरा गर्दा अहिलेसम्म कसैले पनि २० गोल गर्न सकेको छैन, तर अर्जेन्टिनाका लियोनेल मेस्सी २०२६ को विश्वकपमा इतिहास रच्ने संघारमा छन्।

फिफा विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड जर्मनीका मिरोस्लाभ क्लोसको नाममा छ, उनले चार विश्वकपमा २४ खेलमा १६ गोल गरेका छन्। ब्राजिलका रोनाल्डो १५ गोलसहित दोस्रो स्थानमा छन्। लियोनेल मेस्सी विश्वकप इतिहासमा १३ गोल गरेर सूचीकाे पाँचौं स्थानमा छन्। अब २०२६ मा मेस्सीले आफ्नो छैटौं विश्वकप खेल्नेछन् र उनले यस क्रममा २६ खेल खेलि सकेका छन्। यदि उनले २०२६ को विश्वकपमा थप ७ गोल गरे भने उनी फिफा विश्वकपको ९६ वर्षको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्ने छन्।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम यस सूचीमा अलिकति पनि छैन। रोनाल्डोले ६ वटा विश्वकप खेलेका छन् तर २२ खेलमा उनले केवल ८ गोल मात्र गरेका छन्। यद्यपि, फ्रान्सका केलियन एमबाप्पे पनि इतिहास रच्ने धेरै नजिक छन्। २०२२ को विश्वकपमा ८ गोल गरेका एमबाप्पेले २७ वर्षको उमेरमा मात्र १२ विश्वकप गोल गरिसकेका छन्। विश्व कीर्तिमान तोड्न उनलाई अझै ५ गोल आवश्यक छ।

 

images