संविधानविद् डा. भीमार्जुन आचार्यले संघीयताले मुलुकलाई टुक्राउने दाबी गर्नुभएको छ ।
राजधानीमा आयोजित संघीयता सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले जातीयता एवं क्षेत्रीयताको आधारमा आउने संविधान मुलुकको लागि घातक हुने तर्क गर्नुभयो ।
उहाँले संघीयता र जातीयताको मुद्दाले विश्वका अधिकांश मुलुकहरु टुक्रिएको तथ्यांक प्रस्तुत गर्दै नेपालका राजनीतिक पार्टीलाई समयमै सचेत रहन आग्रह गर्नुभयो । उहाँले यस्तै अवस्था रह्यो भने मुलुकमा १० वर्ष संविधान नआउने समेत चेतावनी दिनुभयो ।