
काठमाडौं, २८ जेठ । श्रम संस्कृति पार्टीले आज पनि प्रतिनिधिसभा बैठकमा बिरोध प्रस्तुत गरेको छ ।
सो पार्टीका सांसद हर्क साम्पाङले नेपाल भारतको सिमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको बिबादस्पद अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने भन्दै बिरोध प्रदर्शन गरेको हो ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठक सुरू भए लगत्तै नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गर्दै प्ले कार्डसहित बिरोध जनाएका हुन् ।
आफ्नो माग पूरा नभए सम्म आफूहरूले यस विषयमा निरन्तर आवाज उठाउने पनि उनले जानकारी दिए । बैठक सुरू हुने बितिक्कै प्ले कार्ड देखाएर उभिए पछि सभामुखले साम्पाहाङलाई समय दिए पछि उनले पुरानै माग दोहोराएका हुन् ।





