म्यानमारको श्वेडागन प्यागोडामा पाँच महिनामा ३४ लाख ५० हजारभन्दा बढी पर्यटकको आगमन

म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा यस वर्षको पहिलो पाँच महिनामा ३४ लाख ५० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । श्वेडागन प्यागोडा सञ्चालक समितिका सदस्य उ बो थिनले दिएको जानकारीअनुसार जनवरीदेखि मे महिनासम्ममा सो सङ्ख्यामा आन्तरिक तथा वाह्य पर्यटकले प्यागोडाको दर्शन गरेका हुन् ।

उक्त अवधिमा ३४ हजारभन्दा बढी विदेशी पर्यटकहरूले प्यागोडाको भ्रमण गरेका थिए ।

तीमध्ये सबैभन्दा बढी पर्यटक चीन र थाइल्याण्डबाट आएको थिनले जानकारी दिए । ऐतिहासिक महत्वको यो प्यागोडा स्थानीय समयअनुसार दैनिक बिहान ४ बजेदेखि राति १० बजेसम्म सर्वसाधारण र पर्यटकका लागि खुला रहने गर्दछ ।