इलाममा जीप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते

इलाम । इलामको देउमाई नगरपालिका–०८ रत्नचौतारा क्षेत्रमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

मंगलबारे–बिर्तामोड भित्री सडकखण्डमा बिहान मंगलबारेबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३३३३ नम्बरको जीप आफैँ अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीपमा सवार चालकसहित तीनै जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि झापास्थित बिर्ता सिटी अस्पताल पठाइएको छ । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइतेहरूको विवरण अनुसार जीप चालक झापा बस्ने ३६ वर्षीय उत्तम खड्का, इलाम देउमाई नगरपालिका–५ क्याबुङकी ६८ वर्षीया कोकिला दवाडी र सोही स्थानका ६० वर्षीय प्रेममणि आचार्य रहेका छन् ।