
काठमाडौं । देशका विभिन्न प्रदेशमा आज आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो कोशी प्रदेशका केही स्थान तथा पहाडी–हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


रातिको समयमा पनि कोशी प्रदेशका केही स्थानमा वर्षा जारी रहने सम्भावना छ भने बागमती र गण्डकीका केही क्षेत्रमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। मौसमविद्ले वर्षा, चट्याङ्ग तथा सम्भावित जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

#WeatherUpdate #NepalWeather #RainAlert #MonsoonUpdate #MausamSamachar #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD




